site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्याङ्जामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

स्याङ्जा । आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर मंगलबार बिहान बालकको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ प्रहरी चौकीका अनुसार, गल्याङ नगरपालिका–२, गराङ्दीका भरत रानाका १४ वर्षीय छोरा युनिकको मृत्यु भएको हो ।

६ जना साथीहरू पौडी खेल्न गएका थिए । राना पानीको रहमा डुबेपछि स्थानीयवासीले गल्याङ प्रहरी चौकीमा खबर गरेका थिए । बिहान १०ः३० बजे रहमा बेपत्ता भएका रानाको खोजी गर्दा मृत फेला परेका हुन् ।

रानाको शव परीक्षणका निम्ति वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पठाइएको गल्याङ प्रहरी चौकीले जनाएको छ । रानासँगै पौडी खेल्न गएका उनका साथीहरूसित प्रहरीले सोधपुछ थालेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro