site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवाले भने– सहकारीबाट यति धेरै ठगिएका छन्, यो विषय छोड्न हुन्न 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसले सहकारी पीडितको मुद्दा संगठित रूपमा उठाउने भएको छ । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारीको मुद्दामा पछि हट्नुपर्ने कारण नभएको बताएका छन् । 

सभापतिको भनाइसँगै नेपाली कांग्रेस थप सक्रिय रूपमा सहकारी पीडितका पक्षमा उभिने निश्चित भएको संसदीय दलको बैठकमा सहभागी एक नेताले जानकारी दिए । “यति धेरै जनता सहकारीबाट ठगिएका छन्, पर्याप्त कानुन पनि छ,” देउवाको भनाइ उद्धृत गर्दै ती नेताले बाह्रखरीसँग भने, “लाखौँ जनता ठगिएका छन् । यो मुद्दा यसै छोड्नु हुँदैन ।” 

उनले यस्तो मुद्दा छोडेमा पार्टीलाई जनताले साथ छोड्ने बताएका थिए । सभापति देउवाले रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेका विषयमा पनि कांग्रेसले उठाएका विषय अझ सशक्त बनाउनुपर्ने बताएका छन् । “लामिछानेविरूद्ध आएका प्रमाणहरू छानबिनका लागि पर्याप्त छन्,” देउवाको भनाइबारे ती नेताले भने, “लाखौँ ठगिएका छन् । उनीहरूलाई न्याय दिनुपर्छ, हामी यसमा लाग्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro