site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालले वेस्ट इन्डिज ‘ए’सँग ट्वान्टी–२० शृंखला खेल्ने 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले ट्वान्टी–२० विश्वकपअघि घरेलु मैदानमा टेस्ट राष्ट्र वेस्ट इन्डिजको ‘ए’ टोलीसँग क्रिकेट शृंखला खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सामाजिक सञ्जालमार्फत वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाल भ्रमण गर्ने जनाएको हो ।

वेस्ट इन्डिज ‘ए’ले नेपालसँग पाँच खेलको ट्वान्टी–२० शृंखला खेल्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखला अप्रिल २५ देखि मे ५ सम्म हुने क्यानले जनाएको छ ।

“यो ए–टिम भ्रमण हामीले ए–टिम क्रिकेटलाई महत्त्व दिइरहेका छौँ भन्ने अर्को संकेत र टी–२० विश्वकपको लागि हाम्रो तयारीको महत्त्वपूर्ण चरण हो । यसले टिममा पर्न सक्ने दाबेदारहरूलाई अन्तिम अवसर दिन्छ । साथै वेस्ट इन्डिजको ब्रान्डलाई क्रिकेटको लोकप्रियता बढ्दै गएको नेपालमा पहिलोपटक लैजाने अवसरको फाइदा लिनसमेत सकिन्छ,” वेस्ट इन्डिजको निर्देशक माइल्स बास्कोम्बले नेपाल भ्रमणबारे भने ।

कुनै पनि देशको ‘ए’ टोलीले नेपालमा खेल्न लागेको यो तेस्रोपटक हो । यसअघि नेपालमा क्यानडा–११ र आयरल्यान्ड वुल्भ्सले क्रिकेट शृंखला खेलिसकेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro