राजनीति
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको अधिवेशन डाक्न सिफारिस गरेका छन् ।
उनले प्रदेश प्रमुखको कार्यालयमा सोमबार पत्राचार गरी आगामी जेठ ११ गते ११ बजे प्रदेशसभाको अधिवेशन आह्वान गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष जानकारी गराएका छन् ।
गठबन्धन दल एमाले र माओवादी केन्द्रका ५२ जना सांसदले प्रदेश प्रमुख खापुङसमक्ष कार्कीलाई दिएको समर्थन फिर्ता लिएका छन् । नयाँ वैकल्पिक सरकार गठन गर्न माग गरेकै दिन सरकारले प्रदेशसभा अधिवेशन आह्वान गर्न पत्राचार गरेको हो ।
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १७:२३
प्रतिक्रिया दिनुहोस्