site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुम्बईको पहिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकाल्ने क्रममा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको छ ।

आइतबार वान्खडे मैदानमा सम्पन्न खेलमा घरेलु टिम मुम्बईले प्रस्तुत गरेको २३५ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २०५ रनमात्र बनाउन सक्यो ।

दिल्लीका ट्रिस्टान स्टुब्सले ७१ रन बनाए पनि टिमको हार टार्न सकेनन् । ओपनर पृथ्वी साले ६६ रन थपे । अभिषेक पोरेलले ४१ र डेविड वार्नरले १० रन जोडे ।

मुम्बईका गेरार्ल्ड कोएट्जीले चार विकेट लिए । जसप्रित बुमराहले दुई र रोमारियो सेफर्डले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २३४ रनको योगफल खडा गरेको थियो ।

मुम्बईका ओपनर रोहित शर्माले ४९ रन बनाएका थिए । इशान किसनले ४२ रन थपे । यी दुईले सात ओभरमा ८० रनको साझेदारी गर्दै मुम्बईलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । टिम डेविडले अविजित ४५ रन जोडे । यस्तै, कप्तान हार्दिक पन्ड्या र रोमारियो सेफर्डले समान ३९ रन बनाए ।

दिल्लीका अक्षर पटेल र एनरिक नोट्जेले समान दुई विकेट लिए । खालिल अहमेदको नाममा एक विकेट रह्यो ।

जितसँगै चार खेलबाट दुई अंक जोडेको मुम्बई तालिकाको आठौँ स्थानमा उक्लिएको छ । पाँच खेलबाट दुई अंक जोडेको दिल्ली तालिकाको पुछारमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro