अर्थ व्यवसाय
काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्धवार्षिक समीक्षामा १० प्रतिशत घटाउनुपर्ने गरी बजेट नल्याउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका छन् । आइतबार नेपाल व्यवस्थापन संघ (म्यान)ले आयोजना गरेको प्रिबजेट छलफल कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन् ।
उनले साख जोगाउने गरी विश्वसनीय अनुमान गरी बजेट ल्याउन आवश्यक रहेको औँल्याए । समष्टिगत आर्थिक परिसूचकलाई बढी अनुमान गरी त्यसका आधारमा बजेट नबनाउन उनले जोड दिए ।
उनले बजेट अनुमान गर्दा चालु वर्षको आधारलाई यथार्थपरक बनाउन नसके गत वर्षकै जस्तो हुने बताए । गत वर्ष राजस्वलाई बजेटको आधार बनाउँदा अहिले अर्थमन्त्रीलाई समस्या भएको उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: आइतबार, चैत २५, २०८० १८:५९
प्रतिक्रिया दिनुहोस्