site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बिजबजारको प्रमुख कार्यकारी अधिकृतमा उत्सव ढकाल नियुक्त
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली ई–कमर्स क्षेत्रको उदाउँदो कम्पनी बिजबजार लिमिटेडले उत्सव ढकाललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी दिएको छ । कम्पनीले दीर्घकालीन रणनीति, डिजिटल व्यापारको सुदृढीकरण र व्यवसाय विस्तारलाई थप प्रभावकारी र सन्तुलित ढंगले अघि बढाउने उद्देश्यसहित ढकाललाई नेतृत्व सुम्पिएको जानकारी दिएको छ ।

ढकालसँग मार्केटिङ, ब्रान्ड रणनीति, सम्पादकीय नेतृत्व, शिक्षण र वित्तीय तालिमका क्षेत्रमा सात वर्षभन्दा बढीको अनुभव रहेको छ । उनी हाल एभरेष्ट कलेज, मदन भण्डारी मेमोरियल कलेज र क्वेस्ट इन्टरनेसनल कलेजमा व्यवस्थापन संकायका प्राध्यापकको रूपमा आबद्ध छन् ।

बिजबजारले नयाँ नेतृत्वसँग कम्पनीको प्राविधिक तथा सेवागत पक्षलाई थप सुदृढ बनाउँदै, डिजिटल बजारमा प्रतिस्पर्धी क्षमता बढाउने अपेक्षा लिएको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्