site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक तत्काल संसद्‌मा पेस गर्छौँ : उपप्रधानमन्त्री लामिछाने
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्वाचनसम्बन्धी विधेयक तत्काल संसद्‌मा पेस गरिने बताएका छन् । आइतबार निर्वाचन आयोगका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा उनले राजनीतिक दलसम्बन्धी र निर्वाचन आयोगसम्बन्धी विधेयक तत्काल संसद्‌मा पेस गरिने बताएका हुन् ।

निर्वाचनसँग सम्बन्धित विधेयकहरू संसद्‌मा पेस गरेर चाँडोभन्दा चाँडो पारित गर्ने हुटहुटी आफूमा रहेको विषय आयोग पदाधिकारीसमक्ष राखेको उनले जानकारी गराए । ती विधेयकमा अन्तिम छलफल गरेपछि तुरुन्तै संसद्‌मा लैजाने उनले बताए ।

निर्वाचन व्यवस्थापनसम्बन्धी र राजनीतिक दलसम्बन्धी संशोधन विधेयकका विषयमा उपप्रधान एवं गृहमन्त्री लामिछानेसँग छलफल गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको पछिल्लो कामकारबाहीबारे पनि उपप्रधानमन्त्री लामिछानेलाई ‘बिफ्रिङ’ गरेका थिए । न्युज एजेन्सी नेपाल

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu