site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘श्रद्धेय गुणदेव भट्टराई स्मृतिपुष्प’ लोकार्पित 

काठमाडौं । शिक्षासेवी गुणदेव भट्टराईको शतवार्षिकीका अवसरमा ‘श्रद्धेय गुणदेव भट्टराई स्मृतिपुष्प’ एक समारोहका बीच लोकार्पण गरिएको छ । डा. तीर्थबहादुर श्रेष्ठले उक्त स्मृति ग्रन्थ लोकार्पण गरे ।

शनिबार बिहान ललितपुरमा आयोजित कार्यक्रममा गुणदेव भट्टराईका विद्यार्थी श्रेष्ठले आफ्ना गुरुको पढाउने शैलीको स्मरण गर्दै केही प्रसंगहरूको चर्चा गरे । भट्टराईका अर्का विद्यार्थी प्रा.डा. राजेश गौतमले पनि आफ्ना शिक्षक भट्टराईको सम्झना गर्दै उनी हरेक विषयका ज्ञाता भएको बताए ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा कृतिका सम्पादक जयदेव भट्टराईले स्मृतिपुष्पको सम्पादनबारे आफ्ना धारणा राखे । उक्त अवसरमा साहित्यकार लक्ष्मण गाम्नागेले ‘मेरा बा’ शीर्षकको कविता वाचन गरेका थिए ।

लोकार्पित स्मृति ग्रन्थमा भट्टराई परिवारका अतिरिक्त गुणदेव भट्टराईबाट शिक्षा पाएका विभिन्न व्यक्तित्वहरूका आलेख समावेश गरिएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro