site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चौथो मञ्जुश्री ट्रेल रेस : आफ्नै रेकर्ड तोड्दै अर्जुन बने विजेता

काठमाडौं । खेल पर्यटनलाई प्रवर्द्धन गर्दै नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गतको चौथो संस्करण सम्पन्न भएको छ ।

प्रतियोगिताका विभिन्न चरणका रेसमध्ये सबैभन्दा लामो १०० माइलको रेसमा यसअघिको आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ राई विजेता बनेका छन् । उनले २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा रेस पूरा गर्दै उपाधि जित्न सफल भएका हुन् । यससँगै कुलुङले यसअघि सन् २०२२ मा ३१ घन्टा १० मिनेट ५७ सेकेन्डको आफ्नै रेकर्ड तोडेका हुन् ।

यस्तै, बेलायतका अलिस्टेयर मेस्सनले २८ घण्टा २८ मिनेट ३५ सेकेन्डमा रेस पूरा गरी उपविजेता बन्दा ३३ घण्टा ५७ मिनेट ४०  सेकेन्डमा रेस पूरा गर्दै विजय मगर तेस्रो भएका छन् ।

१०० किलोमिटर रेस १४ घण्टा ४५ मिनेट २० सेकेन्डमा पार गर्दै पुरुषतर्फ मनकुमार रोका मगर विजेता बने । यस्तै, १६ घण्टा ४६ मिनेट ४८ सेकेन्डमा रेस पूरा गरेर फुर्पासिंह तामाङ दोस्रो र १६ घण्टा ५४ मिनेट १७  सेकेन्डमा रेस पूरा गरेर अविनाश देवकोटा तेस्रो भए ।

५० किलोमिटर रेस सात घण्टा १७ मिनेट २५ सेकेन्डमा पार गर्दै पुरुषतर्फ हरिलाल सिंह र महिलातर्फ आठ घण्टा २२ मिनेट ५ सेकेन्डमा पार गर्दै प्रिया राई विजेता बने । यस रेसमा पुरुषतर्फ निम्साङ लिम्बू र महिलातर्फ रसिला तामाङ क्रमशः सात घण्टा १८ मिनेट ११ सेकेन्डमा र ९ घण्टा १३ मिनेट ६ सेकेन्डमा रेस पूरा गरेर दोस्रो भएका छन् ।

यस्तै, पुरुषतर्फ दिपेश तामाङ र महिलातर्फ छोकी शेर्पाले क्रमशः आठ घण्टा चार मिनेट ३६ सेकेन्डमा र ९ घण्टा १६ मिनेट ४५ सेकेन्डमा रेस पूरा गरेर तेस्रो भए । यस संस्करणमा १०० माइल, १०० किमी र ५० किमीका खेलको पाँचौँ स्थान भित्र आउने खेलाडी स्वतः एसिया ट्रेल मास्टर्समा क्वालिफाइ भएको समेत अध्यक्ष थापाले जानकारी दिए ।  उनका अनुसार यी धावकहरूले मलेसियामा आगामी सेप्टेम्बर १४ मा हुने एटीएम फाइनल रेसमा प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै, ३० किलोमिटर रेस चार घण्टा ४९ मिनेट ४८ सेकेन्डमा पार गर्दै उबिन मल्ल विजेता बने । चार घण्टा ५७ मिनेट २९  सेकेन्डमा रेस पूरा गरेर लुकास सेर्डन उपविजेता बन्दा चार घण्टा ५७ मिनेट ४५  सेकेन्डमा रेस सम्पन्न गरेर  एण्ड्रियु एलकक तेस्रो भएका छन् ।

महिलातर्फ अमेरिकाकी कार्ली एण्ड्रेसन राट्लीले ६ घन्टा ४५ मिनेट २१ सेकेन्डमा रेस पूरा गर्दै महिलातर्फको ३० किलोमिटर रेसको विजेता बनेका छन् । बेलायतकी जेन्नी चाप्लिनले सात घण्टा १९ मिनेट ४८ सेकेन्डमा ३० किमी रेस पूरा गरेर उपविजेता बन्दा अमेरिकाकी एरिका मिक्सले सात घण्टा २० मिनेट ५० सेकेन्डमा दौड पूरा गरेर तेस्रो बनिन् ।

१० किलोमिटर रेस एक घण्टा दुई मिनेट पाँच सेकेन्डमा पार गर्दै कुलबहादुर बस्नेत प्रथम भए । यस्तै, एक घण्टा दुई मिनेट ६ सेकेन्डमा रेस पूरा गरेर रेम बुढा मगर दोस्रो हुँदा एक घण्टा दुई मिनेट आठ सेकेन्डमा रेस पूरा गरेर प्रविन लिम्बू तेस्रो भएका छन् ।

अध्यक्ष थापाका अनुसार रेसलाई थप समावेशी बनाउन शनिबार दुई किलोमिटरको विशेष रेस समेत सम्पन्न गरिएको छ । जसमा भिन्न रुपले सबल बाल–बालिकाहरूको रेस भएको थियो । नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सम्पन्न गरिएको सो रेसमा १३ बालबालिका सहभागी थिए । जसमा सत्यम थापा विजेता बन्दा रुकुस मैनाली उपविजेता र सिर्जना राई तेस्रो बने ।

शुक्रबार बिहान ८ बजे इचंगुनारायणस्थित सिंगल ट्रीमा रहेको हिमालय क्वीन बी रिसोर्टबाट १०० माइलको रेस सुरू भएको थियो । शुक्रबार र शनिबार सम्पन्न भएको विभिन्न चरणको रेसमा नेपाल सहित १६ मुलुकका ३२४ धावकहरू सहभागी भएका थिए । जसमा ४० जना विदेशी धावक सहभागी भएको आयोजकले जनाएको छ ।

यस संस्करणमा नेपाल, चीन, सिंगापुर, बेलायत, डेनमार्क, इण्डिया, बेलारुस, इण्डोनेसियाका धावकहरू सहभागी भएको  रेसका अध्यक्ष थापाले जानकारी दिए  । अध्यक्ष थापाका अनुसार, १०० माइलको रेसमा प्रथम, द्वितीय र तृतीय भएकाहरूले क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाएका छन् ।

१०० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय भएकाहरूले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाएका छन् । ५० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय भएकाहरूले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाएका छन् ।

त्यस्तै, ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम, द्वितीय र तृतीय भएकाहरूलाई क्रमशः २० हजार, १० हजार र पाँच हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र दिइएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro