site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इलाम–२ उपनिर्वाचन : नेम्वाङ र खड्का के भन्छन् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनका निम्ति उमेदवारी दर्ता गराइएको छ । नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी)सहितका पार्टीका तर्फबाट शनिबार दिउँसो उमेदवारी दर्ता गराइएको हो ।

एमालेका तर्फबाट सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, एकीकृत समाजवादीका जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनेबहादुर लिम्बूले उमेदवारी दर्ता गराएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, रास्वपाका मिलन लिम्बू, स्वतन्त्र रूपमा डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र डाकप्रसाद गौतमले उमेदवारी दर्ता गराएका छन् ।

उमेदवारी दर्तापछि सञ्चारकर्मीसँग उमेदवार सुहाङले इलामवासीको मायाका कारण आफ्नो जित निश्चित रहेको बताए । नयाँ ढंगले प्रचारप्रसार गर्ने उनले उल्लेख गरे ।

Global Ime bank

उनले बिनागालीगलौज र टीकाटिप्पणीबिना प्रचारप्रसार गर्ने बताए । सबैजना सक्षम र अब्बल रहेकाले आफ्नो शतप्रतिशत दिएर काम गर्ने उनले सुनाए । उनले पिता स्व. सुवासचन्द्र नेम्वाङले गरेका कामहरूको पदचाप पछ्याउँदै अझ राम्रो गर्ने प्रतिबद्धता जनाए ।

iefdmkgm-1712395942.png
उमेदवारी दर्तापछि सञ्चारकर्मीसँग उमेदवार खड्काले आफूले इलाममा गरेको सामाजिक कार्य हेरेर भोट दिन आग्रह गरे । उनले आफूले कांग्रेसमा ०३९ सालदेखि काम गरिरहेकाले पनि भोट दिएर जिताउन आग्रह गरे । उनले गठबन्धन ठूलो विषय नभएको भन्दै आफूलाई जनताले निर्वाचित गर्नेमा विश्वस्त रहेको बताए ।

इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि उपनिर्वाचन हुन लागेको हो । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement