site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक्लै बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य : देउवा
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । मुलुकमा विद्यमान राजनीतिक अस्थिरताबारे संकेत गर्दै उनले कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य रहेकामा जोड दिए ।

कांग्रेस काठमाडौं क्षेत्र नम्बर–२ को क्षेत्रीय सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले आउँदो निर्वाचनमा बहुमत ल्याउने पार्टी बनाउन एक भएर समझदारी र समन्वयका साथ काम गर्न पनि नेताहरूलाई सचेत गराए । घात, अन्तर्घात नगरी एक भएर एक्लै बहुमत ल्याउने अवस्था बनाउनुपर्ने उनले उल्लेख गरे ।

“अहिलेको राजनीतिक अवस्थाको बारेमा मैले धेरै भन्नु छैन, तपाईंहरूलाई थाहा नै छ । तर, अहिले यही कुरालाई ध्यानमा राखेर, मध्यनजर गरेर एक्लै जित्न सक्ने पार्टी, बहुमत ल्याउने पार्टी बनाउनु हाम्रो लागि अपरिहार्य भएको छ,” उनले भने, “त्यसैले सबै पार्टीका साथीहरू एक भएर लागेर आपसी समझदारी, समन्वय कायम गर्दै देशभर नै पार्टी जित्नु आवश्यक  छ ।”

सभापति देउवाले पार्टीलाई मजबुत बनाएर लैजाने काममा ध्यान दिन पनि स्थानीय तहका कार्यकर्ताले समझदारीका साथ काम गर्नुपर्ने बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro