site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलका निम्ति जासुसी गरेको आरोपमा टर्कीमा आठजना पक्राउ

काठमाडौं । टर्की प्रहरीले इजरायली गुप्तचर एजेन्सी मोसादलाई सूचना बेचेको आरोपमा आठजनालाई पक्राउ गरेको देशका आन्तरिकमन्त्री अली येर्लिकायाले बताएका छन् । दुई संदिग्धलाई हिरासतमा लिइएको र अरू ६ जनाका निम्ति न्यायिक नियन्त्रणको निर्णय गरिएको उनले बताए ।

ती संदिग्धले इजरायली गुप्तचरसँग बैठक गरेका थिए । टर्कीमा व्यक्ति र कम्पनीका बारेमा जानकारी संकलन गरेका थिए ।

मन्त्रीका अनुसार, टर्कीको राष्ट्रिय खुफिया संगठनसँग संयुक्त रूपमा छापा मारिएको थियो । प्रहरीले संदिग्धलाई स्वास्थ्य जाँचका लागि राज्य अस्पताल र त्यसपछि इस्तानबुलको न्याय मन्त्रालयको भवनमा लगेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro