site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पर्यटन बोर्डको राजनीतिक किचलोले अलपत्र परेको ‘कर्णाली अन्तर्राष्ट्रिय र्‍याफ्टिङ’

काठमाडौं । नेपाल पर्यटन बोर्डको आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रममा ‘कर्णाली अन्तर्राष्ट्रिय र्‍याफ्टिङ’ आयोजना गर्ने व्यवस्था गरियो । त्यसका लागि बोर्डले बजेटमा ८० लाख रुपैयाँ घोषणा गरेको थियो ।

बजेट व्यवस्था भएपछि नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था एनआरसीटी र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको संयुक्त आयोजना प्रतियोगिता गर्न तयार भए । २४८ किलोमिटर किलोमिटर लामो ‘द ग्रेट कर्णाली क्वेस्ट’ प्रतियोगिता गर्ने योजना थियो । जुन दैलेख जिल्लाको आठबिस नगरपालिकास्थित कर्णालीबाट कैलाली जिल्लाको दौलतपुर घाटसम्म गर्ने तयारी भयो ।

अन्तर्राष्ट्रियस्तरको कार्यक्रम भएकाले पनि जल तथा सहासिक पर्यटनका लागि एकदमै महत्वपूर्ण हिसाबले हेरिएको थियो । यसले विश्व बजारमा नेपाली पर्यटन प्रवद्र्धन र प्रचार–प्रसारमा समेत ठूलो सहयोग पुग्ने पनि अपेक्षा गरिएको थियो ।

कार्यक्रम सन् २०२३ नोभेम्बर २३ देखि २८ सम्म गर्ने तय भएको थियो । अमेरिका, ब्राजिल, स्लोभाकिया, भारत, चीनलगायत देशबाट कार्यक्रममा सहभागिताका लागि दर्जन टिमले सहभागिता जनाउने पक्कापक्की गरेका थिए । तर, पश्चिम नेपालमा गएको भूकम्पको कारण स्थगन भयो । पुनः नयाँ मिति मार्च ८ देखि १३ सम्म गर्ने तय गरियो । तर, उक्त मितिमा पनि र्‍याफ्टिङ सकेन । बोर्डले बजेट स्वीकृति नगरिदिँदा कार्यक्रम पुनः रोकिएको जानकारी नेपाल नाराका अध्यक्ष शिव अधिकारीले दिए ।

बोर्डभित्रको राजनीतिक किचलोको कारण अन्तर्राष्ट्रियस्तरको र्‍याफ्टिङ कार्यक्रम अन्तिम समयमा आएर रोकिएको अध्यक्ष अधिकारी बताउँछन् ।  अधिकारीका अनुसार, तत्कालीन बोर्डका प्रमुख कार्यकारी अधिकृत सीईओ धनन्जय रेग्मीले कार्यक्रमका लागि बजेट छुट्याएका थिए । 

Global Ime bank

उनी भन्छन्, “उनीहरूभित्रको खेलले गर्दा हामीले गर्न लागेको अन्तर्राष्ट्रियस्तरको कार्यक्रम नै अलपत्र पर्‍यो ।” 

परराष्ट्र मन्त्रालयले ‘द ग्रेट कर्णाली क्वेस्ट’ कार्यक्रममा सहभागी जनाउन विभिन्न देशका कूटनीतिक नियोगहरूलाई पत्र पठाइसकेको थियो । 

सम्बन्धित संस्थाहरूले समयमा तयारी गर्न नसक्दा काम हुन नसकेको बोर्ड निर्देशक हिक्मतसिंह ऐरले बाह्रखरीसँग बताए । “बोर्डबाट मात्र नभएर स्थानीय तह र प्रदेशसँग पनि सहकार्य भएको कार्यक्रम हो । सबैसँग समन्वय गर्नुपर्ने थियो । तयारी नपुगेर कार्यक्रम हुन सकेन,” ऐरले भने । 

तर, कार्यक्रम संयोजक मेघ आलेले भने सम्पूर्ण निकायसँग सहकार्य भइसकेको दाबी गर्छन् । “हामीले सबैसँग सहकार्य गरिसकेका थियौं । बोर्डबाट बजेट स्वीकृत नहुँदा राकिएको हो । हामीले हाम्रो तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पूरा गरिसकेका थियौं । तयारी नपुगेको कारण राकिएको भन्नु कुरा सरासर गलत छ,” आलेले भने ।

द ग्रेट कर्णाली क्वेस्ट राफ्टिङमा भाग लिने टिमका लागि ४५० डलर शुल्क ताकिएको थियो । उक्त प्रतियोगितामा सहभागी लिन अमेरिका, ब्राजिल भारत र चीनसहित विभिन्न देशका ११ टिमले इच्छा देखाएको संयोजक आलेले बताए । जसमध्ये अमेरिका, स्लोभाकियाका राष्ट्रिय टिमले केही रकम समेत भुक्तानी समेत गरेको थिए ।
 
यी दुई टिमसहित ब्राजिलको राष्ट्रिय टिमले हवाई टिकट समेत काटिसकेको संयोजक आलले बताए । कार्यक्रम नहुने भएपछि त्यो फिर्ता गर्ने प्रक्रिया रहेको संयोजक आलेले बताए ।

नाराको मागमा तत्कालीन पर्यटनमन्त्री सुदन किरातीको आग्रहमा कार्यक्रम गर्न बोर्डले बजेट स्वीकृत गरेको थियो । बोर्डका तत्कालीन सीईओ धनन्जय रेग्मीले बोर्ड कर्मचारीले आफ्नो दायित्व पूरा गर्न नसक्दा कार्यक्रम स्थगित भएको बताउँछन् । “यो एकदमै राम्रो कार्यक्रम थियो । त्यहीकारण बजेट राखेका थियौँ । सबै निर्णय मैले गरिसकेको थिए,” उनले भने “तर, कर्मचारीले आफ्नो दायित्व पूरा नगरिदिँदा कार्यक्रम स्थगित हुन पुग्यो,”

बोर्ड कर्मचारीमा विदेश भ्रमण गर्ने र भत्ता खाने प्रवृति हाबी भएको रेग्मी बताउँछन् । “बोर्डका कर्मचारी पर्यटन मैत्री भएनन् । कसरी हुन्छ ? विदेश जाने र भत्ता खानेतिर ध्यान छ । यसले गर्दा बोर्डको औचित्यमाथि नै प्रश्न उठ्न पनि थालेको छ,” रेग्मीले भने ।

यस कार्यक्रम स्थगित हुँदा नेपालको अन्तर्राष्ट्रियस्तरमै बेइज्जत भएको अधिकारीले बताए । उनी भन्छन्, “अन्तिम समयमा कार्यक्रम स्थगित हुँदा नेपालले कुरामात्र गर्छ, काम गर्दैन भन्ने खालका गलत सन्देश गयो ।”

तयारीका १८ लाख खर्च

कार्यक्रम तयारीका लागि १८ लाख रुपैयाँ खर्च भइसकेको अध्यक्ष अधिकारीले बताए । उनका अनुसार, एक वर्षदेखि राखेको अफिस, कर्मचारी, विज्ञको टिमबाट कर्णालीमा रेटिङ गर्दा उक्त खर्च भएको हो । तर, अन्तिममा कार्यक्रम नहुँदा सबै लगानी बालुवामा पानी खन्याएसरह भएको छ । 

“हामीले यो कार्यक्रम राज्य र कर्णालीको विकास र नेपालको पर्यटनलाई विश्वमा प्रचारप्रसार गर्ने उद्देश्यले गर्न लागेका थियौँ,” अधिकारीले भने, “तर, हाम्रो नै ‘मोरल डाउन’ भयो, हतोत्साही बनाइयो ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu