site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थमन्त्री पौडेलले संसद्‌मा प्रस्तुत गरे गलत तथ्यांक

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्‌मा गलत तथ्यांक प्रस्तुत गरेका छन् । ‘टेक एन्ड पे’ संशोधनका क्रममा गलत तथ्यांक प्रस्तुत गरेका हुन् । 

उनले सरकारले पास गरेको मार्गचित्रको आधारमा सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट उत्पादन हुने प्रस्तुत गरेको आँकडा गलत थियो । “हामीले ऊर्जा विकास मार्गचित्र पनि पास गरेका छौँ । जसमा २८ हजार ५०० मेगावाटको लक्ष्य रहेको छ । यसमा १० हजार ५०० अर्धजलाशययुक्त आयोजना, पाँच हजार ९०० जलाशययुक्त आयोजना र १२ हजार नदी प्रवाही आयोजना हुनेछन्,” उनले भने, “हालसम्म नौ हजार पाँच सय मेगावाटका नदी प्रवाही आयोजनाको पीपीए सम्पन्न भइसकेको र २०३५ सम्म १५ सय मेगावाटको मात्रै पीपीए स्पेस बाँकी छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्थमन्त्रले संसद्‌मा प्रस्तुत गरेको तथ्यांक गलत रहेको देखिन्छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, आरओआरतर्फ दुई हजार ३९४ मेगावाट निर्माण सम्पन्न भएका छन् । यस्तै, निर्माणाधीन दुई हजार ८१६ मेगावाट र पीपीए भएर वित्तीय व्यवस्थापन भएका एक हजार ५९४ मेगावाट रहेको छ । अर्थात् हालसम्म आरओआरतर्फ ६ हजार ८०४ मेगावाटको पीपीए भएको छ ।
 

 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्