site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयरल्यान्ड वुल्सले नेपाललाई दियो १७५ रनको लक्ष्य 

काठमाडौं । गाभिन होइको अर्धशतकप्रेरित आयरल्यान्ड वुल्भ्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले १७५ रनको लक्ष्य पाएको छ । 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको वुल्भ्सले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको हो । 

Dabur Nepal
NIC Asia

वुल्भ्सका गाभिन होइले सर्वाधिक ५० रन रन बनाए । होइले ९४–७ को नाजुक अवस्थाबाट लियम म्याकार्थीसँग ४८ रनको साझेदारी गर्दै वुल्भ्सलाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए । माकार्थीले ३५ रन थपे । यसबाहेक, कप्तान निल रकले ४५ र पेटर मुरले १७ रन जोडे ।

नेपालका साहब आलम र रिजन ढकालले तीन–तीन विकेट लिए । १० ओभर बलिङ गरेका आलमले एक मेडन राख्दै ३५ रन खर्चिए । मौसम ढकालले दुई विकेट लिदा कमलसिंह ऐरीको नाममा समान एक विकेट रह्यो । 

यसअघि एकदिवसीय शृंखलाको पहिलो खेलमा वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो । यसैकारण नेपाल आज जितसहित शृंखला बराबरी गर्ने लक्ष्यमा हुनेछ ।

आजको खेलपछि शृंखलाको अन्तिम खेल आउँदो आइतबार हुनेछ । यसअघि नेपाल ‘ए’सँगको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले जितेको थियो । नेपाल ‘ए’ सँगको खेलअघि वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । वुल्भ्स दुवै खेलमा पराजित भएको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro