site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चितवन राष्ट्रिय निकुञ्जमा १० महिनामा ५३ वन्यजन्तु मरे

नवलपुर (नवलपरासी) । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० महिनामा एकसिंगे गैँडासहित ५३ वन्यजन्तु मरेका छन् ।

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले चालु आर्थिक वर्षको हालसम्म गैँडा, बाघ, हात्तीलगायतका दुर्लभसहित ५३ वन्यजन्तु मरेको जानकारी दिए । 

उनका अनुसार यस अवधिमा सबैभन्दा बढी २० चित्तल मरेका छन् । त्यसैगरी पछिल्लो १० महिनाको अवधिमा १९ एकसिंगे गैँडा मरेका जनाउँदै तिवारीले प्राकृतिक कारणले १५, चोरीसिकारीबाट दुई, सम्भावित चोरीसिकारीबाट एक तथा अन्य कारणले एउटा गैँडाको मरेको जानकारी दिए ।

त्यस्तै, यस अवधिमा पाँच हात्ती, तीन पाटेबाघ, तीन जरायो, तीन रतुवा, दुई गोही, एउटा बँदेल र एउटा अन्य वन्यजन्तु मरेको तिवारीको भनाइ छ । निकुञ्जले यस वर्ष विभिन्न स्थानबाट १६३ वन्यजन्तुको उद्धार गरेको सूचना अधिकारी तिवारीले बताए ।

निकुञ्जले उद्धार गरेका वन्यजन्तुमध्ये सबैभन्दा बढी ६४ अजिंगर, ५१ सर्प, छ पाटेबाघ, तीन एकसिंगे गैँडासहितका जनावर रहेको तिवारीले जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  २३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro