site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अग्रज साहित्यिक पत्रकार चूडामणि रेग्मी पुरस्कृत 

काठमाडौं । अग्रज साहित्यिक पत्रकार तथा अभिव्यक्ति द्वैमासिकका संस्थापक सम्पादक नगेन्द्रराज शर्माको नाममा स्थापित ‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार २०८०’ अग्रज साहित्यिक पत्रकार चूडामणि रेग्मीलाई समर्पण गरिएको छ । पुरस्कारका साथ नगद राशि २५ हजार रुपैयाँ प्रदान गरियो ।

शर्माको ८७औँ जन्मदिनको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहीबार काठमाडौंमा नराश साहित्यिक पत्रकारिता पुरस्कार कोषद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगेन्द्रराज शर्माले ८७ वर्षीय रेग्मीलाई पुरस्कृत गर्दै रेग्मीले पुरस्कार स्वीकार गरेर संस्थाको गरिमा बढाएको उल्लेख गरे ।

पुरस्कृत व्यक्तित्व रेग्मीले आफूले झापाबाट ‘जुही’ साहित्यिक पत्रिका प्रकाशन गर्दाको क्षण सम्झँदै साहित्यिक पत्रकारिताको उत्थानका लागि अन्धाधुन्ध खटेको स्मरण गरे ।

झापा कर्मथलो भएका रेग्मीले २०३८ सालदेखि ७० सालसम्म ‘जुही’को प्रकाशन गरेको साहित्यकार विधान आचार्यले बताए ।

कार्यक्रममा पहिलोपटक पुरस्कृत साहित्यिक पत्रकार रोचक घिमिरे, गंगा सुवेदी, श्रीओम रोदन, पवन आलोकले बोलेका थिए ।

कोषले यसअघि ‘रचना’का सम्पादक रोचक घिमिरे र ‘दायित्व’का सम्पादक रामप्रसाद पन्तलाई पुरस्कृत गरिसकेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  २२:४९
प्रतिक्रिया दिनुहोस्