site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
एचबीओले किन्यो ‘द रेड सुटकेस’को डिजिटल राइट्स 

काठमाडौं । प्रदर्शनको संघारमा रहेको चलचित्र ‘द रेड सुटकेस’को डिजिटल राइट्स एचबीओले किनेको छ । चलचित्रको अन्तर्राष्ट्रिय वितरक रिजन एट फिल्मका अनुसार युरोपका १५ देशका लागि एचबीओले फिल्मको ओटीटी अधिकार खरिद गरेको हो । 

निर्देशक फिडेल देबकोटाका अनुसार मलेसिया र ब्रुनाईमा पनि प्रदर्शन अधिकार बिक्री भइसकेको छ । यी दुई देशमा भने फिल्मको हल प्रदर्शन अधिकार बिक्री भएको हो । मलेसिया र बु्रनाईको अधिकार भने सुरया फिल्मले किनेको हो । 

Dabur Nepal
NIC Asia

एचबीओले ओटीटी अधिकार लिएसँगै चलचित्रको लगानी सुरक्षित भएको निर्माता रामकृष्ण पोखरेलले जानकारी दिए । 

निर्माता पोखरेलले एचबीओले ओटीटी खरिद गर्नुले घरेलु बजारको दबाबमा नपरी पनि लगानी उठाउन सकिन्छ भन्ने आत्मविश्वास दिएको बताए । इन्डिपेन्डेन्ट सिनेमाका लागि यो आवश्यक रहेको उनको भनाइ छ । 

निर्देशक फिडेल देवकोटाले चलचित्र निर्माण गर्दा नै आफूहरू परम्परागत बजारको पक्षमा नरहेको र सोही अनुसार नै फिल्मको वितरण योजना बनेको बताए । “द रेड सुटकेस मात्र होइन, भविष्यमा यसरी बन्ने अन्य नेपाली फिल्मलाई पनि फाइदा पुग्छ,” उनले भने, “निर्देशकले इमान्दार  र गम्भीर भएर कथा भन्यो भने बजार आफैँ निर्माण गर्न सकिन्छ भन्ने कुराको रूपमा पनि यसलाई लिन सकिन्छ ।” 

यस्ता चलचित्रले घरेलु दर्शक र प्रदर्शकबाट साथ पाए यो नेपाली चलचित्र क्षेत्रकै लागि पनि कोसेढुंगा सावित हुने उनको भनाइ छ । 

भेनिसमा वर्ल्ड प्रिमियर भएर दर्शक र समीक्षकबाट तारिफ पाएको यो चलचित्र यही चैत ३० गतेदेखि नेपालमा रिलिज हुँदै छ । फिल्मका लेखकसमेत रहेका निर्देशक देवकोटा बाहिरको उपलब्धि आफ्नो ठाउँमा रहे पनि आफू घरेलु दर्शकको प्रतिक्रियाका लागि पनि उत्सुक रहेको बताएका निर्माणपक्षले प्रेस नोटमार्फत् जनाएको छ ।  

चलचित्रमा सौगात मल्ल, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ र विपीन कार्कीको अभिनय रहेको छ । आइसफल प्रडक्सनका लागि शोभा थापाको निर्माण रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  २१:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro