site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वाइडबडी विमान खरिदमा ‘भ्रष्टाचार’ : पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरिएको भन्दै ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

मुद्दा दायर गरिएकामा आपूर्तिकर्ता कम्पनीका विदेशी नागरिकसहित २४ नेपाली छन् । उनीहरूले एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

Argakhachi Cement Island Ad

अख्तियारले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं हुल्ला क्षेत्र नम्बर–१ (२) बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य (पूर्वमुख्यमन्त्री) जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, निगमका तत्कालीन सचिव शंकरप्रसाद अधिकारी, भन्सार विभागका तत्कालीन महानिर्देशक एवं निगमको सञ्चालक समितिको सदस्य शिशिरकुमार ढुंगाना, निगमको तत्कालीन सञ्चालक समिति सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बहालवाला सहसचिव बुद्धिसागर लामिछानेलगायत व्यक्तिलाई प्रतिवादी बनाएको छ ।

उनीहरू सबैजनाविरुद्ध जनही एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्