site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एपीएफलाई हराउँदै घरेलु टोली सांग्रिला फाइनलमा 

विराटनगर । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रिला मोरङ एफए आठौँ संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

विराटनगरस्थित सहिद रंगशालामा बुधबार राति सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफलाई सडनडेथमा ४–३ गोलले पन्छाउँदै सांग्रिला फाइनलमा पुगेको हो । 

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट नभएपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइबे्रकरमा दुवै टोलीले ३–३ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।

सडनडेथमा आशिष चापागाईं, अविशेक लिम्बू, उमेश कार्की र किरन राईले गोल गरे । सांग्रिलाका विदेशी खेलाडी एनकेट र सागर तिरुवाको प्रहार  एपीएफका गोलकिपर एन्जल श्रेष्ठ उत्कृष्ट बचाए ।

एपीएफको तर्फबाट दिपेश धिमाल, कुलदिप कार्कीको प्रहार सांग्रिलाका गोलकिपर विशाल सुनारले सानदार बचाउ गरिदिए । एपीएफको तर्फबाट अनिस महर्जन, सुमन श्रेष्ठ र विश्वास उदासले मात्र गोल गरेका थिए । 

सांग्रिलाले उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र र पाहुना टोली सिक्किम ड्रागन भारतबीच हुने खेलको विजेता टिमसँग खेल्नेछ । 

एपीएफले इटहरी गोल्डकप च्याम्प्यिन चर्च ब्वाईज  युनाइटेड काठमाडौंलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो । घरेलु टिम सांग्रिलाले भुटानको आरटीसीएफसी ३–२ गोलले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको थियो । 

जितमा सांग्रीलाका गोलकिपर विशाल सुनारले प्रभावकारी भूमिका निभाए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro