अर्थ व्यवसाय
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख परिवर्तन गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखको जिम्मेवारी प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलालाई दिइएको छ । त्यहाँका प्रमुख प्रताप तिवारीलाई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख बनाइएको छ । भैरहवा विमानस्थलको प्रमुख हंशराज पाण्डेलाई भने प्राधिकरणमा ल्याइएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख नविना कर्माचार्यलाई बनाइएको छ भने हालको महाप्रबन्धक देवचन्द्रलाल कर्णलाई पनि केन्द्रीय कार्यालयमा तानिएको प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २१, २०८० १९:४२
प्रतिक्रिया दिनुहोस्