site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले आज पनि टुंग्याएन उमेदवार, भोलि फेरि बैठक बस्ने

काठमाडौं । उमेदवार टुंगो लगाउन बसेको नेपाली कांग्रेसको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठक उमेदवारको टुंगो लगाउन असफल भएको छ ।

बैठक भोलि बिहान ९ बजे फेरि बस्ने तय भएको छ ।

संस्थापन र इतर समूहबीच सहमति हुन नसकेपछि उमेदवार चयनको विषय कांग्रेसमा पेचिलो बनेको छ । 

यसअघि मंगलबार पनि उमेदवार छान्न बैठक बसेको थियो । तर, हिजो पनि सहमति हुन सकेन । बरु नेताहरूबीच 'नोकझोक'कै स्थिति सिर्जना भएको थियो ।

Global Ime bank

कांग्रेसमा इलाम–२ को उमेदवारको विषयमा विवाद छ । पार्टी सभापति देउवाले डम्बर खड्कालाई उमेदवार बनाउनुपर्ने अडान लिइरहेका छन् । तर, संस्थापन इतर पक्ष भेषराज आचार्यको पक्षमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu