site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पुरानो सडक मर्मतमा खर्च बढाउन सिंहको आग्रह

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको सडक सम्बन्धि बजेट पुरानो सडकको मर्मतमा  खर्च गर्न सरकारसँग माग गरेका छन् । नेपालको सडकको अवस्था दयनीय रहेको भन्दै उनले यस्तो माग गरेका हुन् । 

सडक खराब भएकै कारण दुर्घटनाका घटना बढेको उनको भनाइ छ । नयाँ सडक नभइ पुरानो सडकलाई व्यवस्थित बनाउने काममा सरकारले ध्यान दिनुपर्ने सांसद सिंहको भनाइ छ । 

Dabur Nepal
NIC Asia

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नक्कली सवारीचालक अनुमति पत्र (लाइसेन्स)को बिगबिगी भइरहेको भन्दै नियन्त्रणका लागि सरकारलाई सचेत गराए । 

सांसद सिंहले सरकारले सवारी दुर्घटनामा परी नागरिकको ज्यान गइरहँदा पनि रोकथामका लागि खासै प्रयास नगरेको आरोप लगाए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro