site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निजामती विधेयकमाथिको सैद्धान्तिक छलफल : कर्मचारीलाई ‘हनिमुन’ बिदा दिएर देश विकास हुन्छ ? 

काठमाडौं । संघीय निजामती सेवा विधेयक २०८० माथिको सैद्धान्तिक छलफल सुरु भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरूले विभिन्न पक्षबाट विषय उठान गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले कर्मचारीलाई ट्रेड युनियनबाट बाहिर राख्नुपर्ने बताए । उनले स्थायी सरकार भनिएको निजामती प्रशासनलाई ‘जय नेपाल, लाल सलाम, जय मधेस’ भन्न दिने वातावरणको अन्त्य गर्नुपर्ने धारणा राखे । 

सांसद यादवले निजामती कर्मचारीलाई २४ घण्टा काम गर्ने गरी वातावरण तयार गर्नुपर्ने र अनावशयक बिदा कटौती नगरे देश विकास नहुने धारणा राखे । “कुनै प्रदेशले यति बिदा दिन्छन् कि विवाह बिदा सात दिन दिन्छ । केही दिनमा प्रदेशले हनिमुन बिदा सात दिन दिने रे । हनिमुन बिदा दिँदा देश विकास हुन्छ ?,” उनले प्रश्न गरे, “कुनै अध्ययन बिदा तीन वर्ष रे । उसको ठाउँमा कसले काम गर्ने ? यसरी देश विकास हुन्छ ?” 

Dabur Nepal
NIC Asia

सत्तारूढ दलकै सांसद योगेश भट्टराईले ट्रेड युनियनको परिभाषा बदल्नुपर्नै समय आएको धारणा राखे । उनले युनियनलाई अब अधिकारभन्दा पनि उत्पादन र प्रतिफलसँग जोड्नुपर्ने बताए । “कर्मचारीको आत्मसम्मान र व्यावसायिकता बढाउनु छ । विगतमा अभ्यास भएको ट्रेड युनियनलाई नयाँ परिभाषा गर्नु छ । आज ट्रेड युनियन उत्पादशिल र परिणामुखी बनाइनुपर्छ । कर्मचारीभित्र प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्छ । खुल्ला प्रतिस्पर्धालाई बढुवा दिनु पर्दछ,” उनले भने । 

साथै उनले माथिल्ला तहका कर्मचारीको अवकाशपछि कुलिङ पिरीयड राखेर मात्र संवैधानिक आयोगमा जाने व्यवस्था गरिनुपर्ने र विदेशी संस्थामा काम गर्न निषेध गर्नुपर्ने  धारणा राखे । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले निजामती प्रशासनलाई नागरिक प्रशासन सेवाको रूपमा विकसित गर्नुपर्नेमा जोड दिए । उनले पनि प्रशासनभित्र प्रभावकारिता हराउँदै गएको भन्दै यसलाई पुर्नस्थापित गर्नुपर्नेमा जोड दिए । 

साथै, सरुवा बढुवादेखि वृत्ति विकासमा राजनीतिक हस्तक्षेप भइरहेको भन्दै राजनीतिबाट मुक्ति गरेर संस्थाको रूपमा विकसित गर्नुपर्ने धारणा राखे । “हामीले तीव्र ध्रुवीकरण गरेर राष्ट्रसेवकलाई राजनीतिकरण गराइरहेका छौँ । राष्ट्रसेवकहरू पनि विभाजित छन्, कर्मचारी प्रशासन भनेको विधि विधेयकभन्दा मन्त्रीको आदेश पालकको रूपमा विकसित हुँदै गएको छ,” उनले भने । 

सत्तारुढ दल रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले निजामती सेवामा देशको विविधता झल्किनुपर्नेमा जोड दिए । उनले क्षमताको मात्र कुरा गरेर स्थायी सरकार भनिने कर्मचारी प्रशासनमा एकल जात एकल भाषी एकल लिंग देखिने भए त्यसले उपलब्धि नदिने जिकिर गरे । “सम्पूर्ण विविधिता निजामतीमा भएन भने हामीले उपलब्ध गरेको राजनीतिक व्यवस्थाको के अर्थ । सार्वजनिक सेवाले राज्यको प्रतिनिधित्व गर्छ । स्थायी सरकारले गर्ने सेवा परिवर्तन नभए प्राप्त आन्दोलनबाट आएका उपलब्धि संस्थागत हुँदैन,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro