site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीमा नयाँ सरकार गठनका लागि २७ गतेसम्मको समय

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा २७ गतेसम्म दाबी पेस गर्ने समय दिइएको छ । संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई प्रदेश प्रमुखले सात दिनको समय दिएका हुन् । 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान राजीनामा दिएका थिए । राजीनामा पछि प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ चैत दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् । 

भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नै बहुमतको सरकार गठनका लागि दलहरूलाई मौका दिएका छन् । उनले दिएको समयभित्र कुनै पनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठूलो दलको नेताको हैसियतमा पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।
suchana-1712135988.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro