राजनीति
काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो राजीनामा सँगै आजबाटै नयाँ सरकार बनाउने प्रक्रिया सुरु हुने बताएका छन् । गण्डकी सरकार निर्माणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी दुवै गठबन्धनका लागि महत्वपूर्ण हुने उनको भनाइ छ ।
राप्रपाको २७ गतेसम्मको आन्दोलन नसकिएसम्म नयाँ सरकार बन्न नसक्ने पाण्डेले बताए । उनले राप्रपाको निर्णय नहुन्जेलसम्म कसैले पनि बहुमत पुर्याउन नसक्ने बताए ।
उनले आफू मुख्यमन्त्री रहँदा गण्डकी प्रदेशमा सुशासनको प्रत्याभूति दिलाउने गरी काम गरेको दाबी गरे ।
उनले गण्डकी प्रदेशलाई आत्मनिर्भर र समृद्ध प्रदेश बनाउने सिलसिलामा इमान्दारितापूर्वक आफूले काम गरेको बताए ।
प्रकाशित मिति: बुधबार, चैत २१, २०८० १३:१६
प्रतिक्रिया दिनुहोस्