site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जीबी राईलाई गृहमन्त्रीले जोगाउनुभएको छ : शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका जीबी राईलाई गृहमन्त्री रवि लामिछानेले लुकाएको आरोप लगाएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकको सुरुआतमै बोल्दै सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले सो आरोप लगाएका हुन् । “हामीले पाएको सूचनामा जीबी राई गृहमन्त्रीको सम्पर्कका हुनुहुन्छ । आकाश–पातालमा गएर लुक भनिदिने तर पक्राउ नगर्ने ?,” उनले भने ।

Dabur Nepal
NIC Asia

प्रतिपक्षमा बस्दा रास्वपा सभापति लामिछानेले बोलेको स्मरण गराउँदै उनले भने, “माघ १६ गते मित्र रवि लामिछाने गृहमन्त्री हुनुहुन्न थियो । प्रतिपक्षमा हुनुहुन्थ्यो । बढो खरो स्वरमा बोल्दै सरकारले जीबी राईलाई पक्रन चाहेन भन्नुभयो ।”

उनले गृह मन्त्रालयमा पुगेपछि लामिछानेको बोली फेरिएको आरोप लगाए । साथै उनले मलेसियामा भएको मान्छेलाई पक्राउ गर्न केले रोक्यो भन्ने प्रश्न गरे ।

उनले गृहमन्त्री लामिछानेलाई मलेसियाको कानुनबारे जानकारी दिँदै भने, “आज बोल्दै गर्दा भन्नुभयो आकाशमा होलान् पातालमा होलान् हामी लिएर आउँछौँ । मलेसियामा छन् दुनियाँँलाई थाहा छ । प्रहरी प्रमुखले राज्यव्यवस्था समितिमा भन्नुभयो सुपुदर्गीसम्बन्धी कानुन छैन भनेर । म गृहमन्त्रीजीलाई मलेसियाको कानुन पढाउन चाहन्छु । त्यहाँ भनिएको छ यदि कुनै पनि देशको कोही अभियुक्त भनेर सम्बन्धित देशले कूटनैतिक प्रकृयाबाट माग ग¥यो भने सुदुदर्गी गर्न सकिन्छ ।”

उनले जीबी राईलाई लिएर आउने कुरामा के कारणले ढिलाई भएको हो ? भन्दै प्रश्न गरे । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro