site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बेंगलुरुको तेस्रो हार, लखनउसँग २८ रनले पराजित 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध २८ रनको जित निकालेको छ ।

मंगलबार एम चिन्नास्वामी क्रिकेट रंगशालामा भएको खेलमा लखनउले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याएको बेंगलुरुले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रनमात्र बनाउन सक्यो । प्रतियोगितामा बेंगलुरुको यो तेस्रो हार हो ।

बेंगलुरुका महिपाल लोम्रोरले १३ बलमा समान तीन चौका र छक्कासहित ३३ रन बनाए । यस्तै, रजत पतिडरले २९, विराट कोहलीले २२, कप्तान फाफ डु प्लेसिसले १९, मोहम्मद सिराजले १२ र अनुज रावत ११ रन जोडे ।  

लखनउका मायंक यादवले तीन विकेट लिए । नवीन उल–हकले दुई विकेट लिँदा तथा मनिमरण सिद्धार्थ, यश ठाकुर र मार्कस स्टोइनिसले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको लखनउले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रनको योगफल तयार पारेको थियो । लखनउका ओपनर क्विन्टन डी ककले ५६ बलमा आठ चौका र पाँच छक्कासहित सर्वाधिक ८१ रनको बनाए ।

यस्तै, निकोलास पुरनले अविजित ४० रन थप्दा मार्कस स्टोइनिसले २४ र  कप्तान केएल राहुलले २० रन जोडे । 

बेंगलुरुका ग्लेन म्याक्सवेलले दुई विकेट लिए । रिस टोप्ली, यश दयाल र मोहम्मद सिरजले समान एक विकेट हात पारे । 

जितसँगै तीन खेलबाट चार अंक जोडेको लखनउ तालिकाको चौथो स्थानमा उक्लिएको छ । जारी प्रतियोगितामा तेस्रो हार व्यहोरेको बेंगलुरु भने चार खेलमा दुई अंक जोडेर नवौं स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro