site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारी पीडितको भिडियोसहित सभामुखलाई चितवन कांग्रेसको ज्ञापनपत्र, संसदीय समिति बनाउन माग

काठमाडौं । चितवन कांग्रेसले सहकारी ठगी प्रकरणबारे छानबिन गर्न तत्काल संसदीय समिति गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेर सभामुखलाई ज्ञापनपत्र पठाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत पठाइएको ज्ञापनपत्रसँग चितवनमा विभिन्न सहकारीका पीडितहरूको भिडियोसमेत समेटिएको चितवनका जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिए । 

“नेपाली कांग्रेसले संसद्‌मा छानबिनको आवाज उठाएपछि यहाँका सहकारी पीडितहरूले हाम्रो कार्यालयमा निवेदन दिन थाल्नुभयो । त्यसपछि हामीले सामूहिकरूपमा आउनुस् भनेर रत्ननगर र भरतपुरमा चैत १५ गते नै अन्तर्क्रिया गरेका थियौँ,” सभापति खनालले बाह्रखरीसँग भने, “त्यसपछि पीडितको अवस्था र आवाजसहित संसदीय समिति गठनका लागि सभामुखको ध्यानाकर्षण गराएका हौँ ।”

Dabur Nepal
NIC Asia

उनका अनुसार पीडितहरूले चितवनमा मुख्य कार्यालय तथा शाखा कार्यालय रहेका सहारा, शिवशिखर, सन्‌राइज, परिचय, लालीगुराँससहितका सहकारीका सञ्चालकले आफूहरूको करोडौँ रकम हिनामिना गरेको गुनासो गरेका छन् ।

“सहकारीका बचतकर्ताको  रकम हिनामिना गर्ने सहकारीका तत्कालीन सञ्चालकहरूको खोजीका लागि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउन सर्वाधिकारसहितको संसदीय समिति गठन गर्न माग गरेका छौँ,” सभापति खनालले भने ।

ठगी गरेर भागेकाहरूलाई पक्राउ गरेर अनुसन्धान गर्न र देशभरको अवस्था जानकारी लिन संसदीय छानबिन समिति गठन गर्न माग गरेको उनको भनाइ छ ।

ज्ञापनपत्रमा सहारामा १० हजार ६ जना बचतकर्ताको ८५ करोड, शिवशिखरमा १४ हजार ८०० बचतकर्ताको ९५ करोड, सन्‌राइजमा सात हजार २०० बचतकर्ताको ७२ करोड, लालीगुराँसमा १२ करोड रुपैयाँ हिनामिना भएको र अन्यको विवरण आउन बाँकी रहेको उल्लेख गरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro