site stats
बाह्रखरी :: Baahrakhari
खेल
बरोडाविरुद्ध नेपालको घातक बलिङ, पहिलो पावर प्लेमै पाँच ब्याटर पभेलियन 

काठमाडौं । त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले बरोडाविरुद्ध उत्कृष्ट बलिङ गरेको छ ।

भारतको वापीमा जारी खेलमा नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याइरहेको बरोडाले पहिलो पावर प्ले (६ ओभर) समाप्त हुँदा पाँच विकेट गुमाएर २९ रन मात्र जोडेको छ । 

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको थियो ।

एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका निम्ति हाल भारतमा रहेको नेपालले त्यहाँ बरोडा र गुजरातसँग त्रिकोणात्मक शृंखला खेल्ने तालिका छ । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले गुजरातविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu