site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालुवाटार र संसद्‌बाट मात्र समाजवादी क्रान्ति सम्भव छैन : खनाल
Tiktok banner adTiktok banner ad

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसद्‌बाट मात्र समाजवादी क्रान्ति सम्भव नहुने बताएका छन् । मंगलबमार काठमाडौंमा समाजवादी मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

क्रान्तिका निम्ति सबैभन्दा ठूलो माध्यम सडक रहेको उनले उल्लेख गरे । उनले सडकबाट जनताका आवाज बुलन्द गरी एकत्रित बनाएर आन्दोलित हुन जरुरी रहेकामा जोड दिए ।

उनले सदन र सडकलाई सँगसँगै उपयोग गरे मात्र समाजवादी क्रान्ति सम्भव हुने बताए । जनताको इच्छालाई बुझेर एकताबद्ध गरी आन्दोलित गर्ने काम नगरी नेपाली विशेषताको समाजवाद आउन नसक्ने उनले जिकिर गरे ।

“...सदन र सडकलाई हामीले उपयोग गर्नैपर्छ । सदनको पनि उपयोग गर्नैपर्छ । तर, सडक प्रमुख कुरा हो । जनता नै हाम्रो पहिलो शक्ति हुन्,” उनले भने, “जनताको इच्छालाई बुझेर हामीले एकताबद्ध गरी आन्दोलित गर्ने कामहरू नगरीकन नेपाली विशेषताको समाजवाद आउँदैन ।”

उनले अहिलेको सरकार विचार मिल्नेहरूको भएकाले प्रगतिशील नीतिका कार्यक्रम अघि बढाउन आवश्यक रहेको बताए । “हामी सबैले नयाँ ढंगले एकताको मञ्च खोजौँ । नेपाली समाजअनुकूलको वर्गसंघर्षको आह्वान गरौँ,” उनले भने, “अहिले विचार मिल्नेहरूको सरकार पनि छ । त्यसैले अहिले प्रगतिशील नीतिका कार्यक्रमहरू ल्याऔँ ।”

भ्रष्टाचार उन्मूलनका निम्ति सरकारले आवश्यक पहल गर्नुपर्ने उनले बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro