site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अर्को सहकारी प्रकरणमा श्रममन्त्री र रास्वपाका सहमहामन्त्री जोडिएको विषय संसद्‌मा

काठमाडौं । हाम्रो कृषि सहकारी अनियमितता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको पनि नाम जोडिएको विषय संसद्मा उठाइएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले गोर्खा मिडियाका अध्यक्ष जीबी राईलाई अस्वाभाविक रूपमा त्यहाँ भित्र्याइएको पाइएको बताए ।

“श्रममन्त्री डीपी अर्याल हाम्रो कृषि सहकारीको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी फिर्ता नपाएको विषय छ । अर्याल मात्रै होइन, सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सञ्चालक थिए । अचम्म त के छ भने सो सहकारीमा पनि अस्वाभाविक रूपमा गोर्खा मिडियाका अध्यक्ष जीबी राईलाई भित्र्याइएको छ । त्यो भित्र्याउने काम श्रममन्त्रीको हो भन्ने आरोप छ,” उनले भने ।

समस्याग्रस्त सहकारीमाथिको छानबिन प्र्रभावित पार्न खोजिएको समाचार सार्वजनिक भइरहेको उनले उल्लेख गरे । उनले सहकारी ठगी प्रकरणका विषयमा छानबिन गर्न संसदीय समिति आवश्यक भएकामा जोड दिए ।

“यो घटनाले थप पुष्टि भएको छ, सहकारीको ठगी सञ्जाल कसरी फैलिरहेको छ । त्यसकारण हामी भनिरिहको छौँ– निष्पक्ष छानबिन आवश्यक छ । संसदीय छानबिन समिति बनाऔँ,” सांसद यादवले भने ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro