site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजस्थान शीर्ष स्थानमा उक्लियो, मुम्बईका तीन ब्याटर ‘गोल्डेन डक’

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति मुम्बईले दिएको १२६ रनको सामान्य लक्ष्य राजस्थानले २७ बल बाँकी छँदै चार विकेट गुमाएर पूरा गर्‍यो ।

राजस्थानको जितमा रियान परागले ५४ रनको अविजित इनिङ खेले । उनले ३९ खेलमा पाँच चौका र तीन छक्का प्रहार गरे । रविचन्द्रन आश्विनले १६, जस बटलरले १३, कप्तान सञ्जु सामसनले १२ र ओपनर यशस्वी जैसवालले १० रन बनाए ।

मुम्बईका आकाश माध्वलले तीन विकेट लिए । केवेना मफाकाले एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको  मुम्बईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

मुम्बईका कप्तान हार्दिक पाण्ड्याले ३४ रन जोडे । तिलक वर्माले ३२, टिम डेविडले १७ र इशान किसनले १६ रन बनाए ।

मुम्बईका तीन ब्याटर ‘गोल्डेन डक’ भएका थिए । मुम्बईका ओपनर रोहित शर्मा, नमनधीर र डेवाल्ड ब्रेविस एक बलमै पभेलियन फर्किएका हुन् ।

राजस्थानका टे«न्ट बोल्ट र युजवेन्द्र चहलले समान तीन विकेट लिए । चार ओभर बलिङ गर्दा बोल्टले २२ र चहलले ११ रन मात्र खर्चिए । नान्द्रे बर्गरले दुई र आवेश खानले एक विकेट हात पारे ।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको राजस्थतान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाटै हालसम्म जितविहीन मुम्बई पुछारमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro