site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
होण्डाले नेपाली बजारमा भित्र्यायो एनएक्स २००

काठमाडौं । होण्डाले नयाँ बाइक एनएक्स २०० नेपाली बजारमा भित्र्याएको छ । एनएक्स २०० बाइकलाई सिटी राइडिंग र लामो दुरीको यात्रा दुवैका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।

यसको ‘अप–राइट पोजिसन’ र टायरको ‘टफ ट्रेड प्याट्रन’ले आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । एनएक्स २०० मा उपलब्ध ‘वाइन्ड भाइजर’ र ‘एलइडी विंकर’सहितको ‘नकल कभर’ले सुरक्षा फिचरलाई बढाउनुको साथै बाइकलाई झनै आकर्षक बनाएको छ । 

Dabur Nepal
NIC Asia

‘लिक्युइड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्नेगरी चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु पनि एनएक्स २०० को अरु थप विशेषता रहेको पनि कम्पनीको दाबी छ । एनएक्स २०० मा रहेको ‘फ्रन्ट ए बी एस सिस्टम’ र ‘डूअल पेटल डिस्क ब्रेक’ले यात्रालाई चाहेको बेला रोक्न सक्ने क्षमता दिने छ ।

कम्पनीका अनुसार यसको शक्तिशाली ट्वर्क क्षमताले सहरी सयर सहज र लामो अफ्ठ्यारो यात्रा पनि रोमाञ्चक लाग्ने छ । १० वर्षसम्मको वारेन्टी प्याकेजमा हाललाई विभिन्न चार रङहरूमा उपलब्ध एनएक्स २०० को सुरुआती बिक्री मूल्य चार लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।

कम्पनीले एनएक्स २०० को औपचारिक बिक्री चैत १५ गतेदेखि सुरु गरिसकेको छ । होण्डाका सम्पूर्ण आधिकारिक बिक्रेताबाट र आधिकारिक वेबपेजमार्फत खरिद या बुकिङ पिन गर्न सकिनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro