खेल
काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम ट्वान्टी–२० खेलमा नेपालका विपीन खत्रीले नै नेपाललाई तेस्रो सफलता दिलाएका छन् ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याइरहेको वुल्भ्सले ५.२ ओभरमा तेस्रो विकेट गुमाएको हो । वुल्भ्सका पेटर मुरलाई विपीनले पवन सर्राफबाट क्याच गराए ।
त्यसअघि चौथो ओभरमा विपीनले नै दुई विकेट लिएका थिए । जारी खेलको ६ ओभर समाप्त हुँदा वुल्भ्सले तीन विकेट गुमाएर ४८ रन बनाएको छ ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत १९, २०८० १५:२९
प्रतिक्रिया दिनुहोस्