खेल
काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम ट्वान्टी–२० खेलमा नेपालका विपीन खत्रीले एकै ओभरमा दुई विकेट लिए ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याइरहेको वुल्भ्सले चौथो ओभरमा दुवै ओपनरलाई गुमाएको हो । विपीनले ओभरको दोस्रो बलमा जेम्स म्याकुलम र पाँचौँ बलमा रस अडायरलाई पभेलियनको दिशा देखाए ।
जारी खेलको चार ओभर सकिँदा वुल्भ्सले दुई विकेट गुमाएर ४१ रन बनाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१३ रन बनाएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत १९, २०८० १५:१९
प्रतिक्रिया दिनुहोस्