site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवाले बोलाए अनौपचारिक बैठक : उपनिर्वाचनको उमेदवारबारे छलफल हुने 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा बोलाएका छन् । एक पदाधिकारीले दिएको जानकारीअनुसार आज दिउँसो अनौपचारिक छलफल गर्न भन्दै देउवाले बोलाएका हुन् । 

उनले इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ ‘क’ मा कसलाई टिकट दिने भनेर छलफल गर्न बैठक बोलाएको बताए । कांग्रेसले चैत २० अर्थात् भोलिका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बैठकले प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाअन्तर्गत बझाङ १ क का लागि उमेदवार फाइनल गर्नेछ । त्यसैको तयारी स्वरुप आज नेताहरू अनौपचारिक छलफलमा बस्न लागेको ती पदाधिकारीले जानकारी दिए । “२ बजेका लागि बोलाइएको थियो । म जाँदै छु । अन्य नेताहरू पनि पुग्दै हुनुहुन्छ,” ती पदाधिकारीले भने, “भोलिको बैठकमा सहज होस् भनेर आज छलफल गर्न लागिएको हो ।” 

इलाम र बझाङमा यहीँ वैशाख १५ मा उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगले चैत २४ गतेलाई उमेदवारी दर्ता मिति तोकेको छ । अन्य दलले उमेदवारको टुंगो लगाउँदा कांग्रेसले भने को उमेदवार बनाउने भन्ने टुंगो लगाउन सकेको छैन । आकाक्षीहरू नेताको घरदैलो गरिरहेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय