site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन

हेटौँडा । नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

सोमबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेकाले अनिवार्य उपस्थित हुन नेता थपलियाले पार्टीका सांसदलाई निर्देशन दिएका हुन् ।

आज १ बजे बस्ने भनिएको बैठक अहिले केही बेरमा सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

नेता थपलियाले बैठकमा अनिवार्य उपस्थिति भएर मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न निर्देशन दिइएको बताए । बदलिएको सत्तासमीकरणमा एमाले साझेदार दल भएकाले आफ्ना सांसदलाई मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको पक्षमा मत दिन निर्देशन दिइएको उनको भनाइ छ ।

सत्तासमीकरणअनुसार, गएको शनिबार एमाले वाग्मती प्रदेश सरकारमा सहभागी भएको थियो । एमालेबाट नेता थपलिया प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् । रासस
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro