site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आयरल्यान्ड वुल्भ्सविरुद्ध आरिफको अर्धशतक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ का आरिफ सेखले अर्धशतक बनाएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालबाट आरिफले २९ बलमा तीन चौका र तीन छक्कासहित ५० रन पूरा गरे । जारी खेलको १४ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर १२० रन बनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघिका दुई खेलमा घरेलु टिमलाई हराउँदै वुल्भ्सले शृंखलाको उपाधि जितिसकेको छ । आजको खेलमा पनि जित निकाले वुल्भ्सले नेपाल ‘ए’विरुद्धको ट्वान्टी–२० शृंखलामा ‘क्लिन स्वीप’ गर्नेछ । विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ भने जितसहित शृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।

ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय शृंखला आउँदो बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको दोस्रो खेल शुक्रबार र तेस्रो म्याच आइतबार हुनेछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement