site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘गृहमन्त्री गुमाउनुपर्छ कि भन्ने मानसिक पीडामा सरकार’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले ‘संसदीय छानबिन समिति बनाऊ भन्दा सत्ता गठबन्धन र गृहमन्त्री रवि लामिछाने किन आत्तिएको ?’ भन्दै प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै समय लिएर कांग्रेस सांसदले सहकारी ऋणीका समस्या समाधान गर्न संसदीय छानबिन समिति गठन गरिनुपर्नेमा जोड दिए ।

सांसद प्रतिमा गौतमले समिति बनाइँदा कांग्रेस सांसद मात्र समितिमा बस्ने हो र डराएको ? भन्दै प्रश्न गरिन् । “समिति बनाउने विषयलाई धेरै बहसको विषय नबनाऊँ । यसलाई आरोपलाई प्रस्ट पार्ने अवसरको रूपमा लिनुपर्छ । समिति बनाउने वातावरण बनाऊँ,” उनले भनिन्, “दोषी भए कारबाही गरौँ । नभए पुनः गृहमन्त्री भएर आउनुहुन्छ । उहाँलाई कांग्रेसले सहयोग गर्छ ।”

उनले आरोप लाग्दैमा के हुन्छ र भन्दा पनि कसलाई लागेको त्यसले विशेष महत्त्व राख्ने बताइन् । आरोप गृहमन्त्री र प्रहरी प्रशासनमाथि लागेकाले अनुसन्धान अवधिभर गृहमन्त्री बाहिर बस्नुपर्ने र सहयोग गर्नुपर्ने उनले धारणा राखिन् ।

गठबन्धनमा आबद्ध दलहरू गृहमन्त्रीलाई जोगाउनुपर्ने मानसिक पीडामा रहेको उनको भनाइ छ । उनले भनिन्, “गृहमन्त्री गुमाउनुपर्छ कि भन्ने मानसिक पीडामा सरकार छ । व्यक्ति बचाउ धर्म हो भनेर सतिसाल बनेर उभिएको छ गठबन्धन ।”

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री लामिछानेलाई चोख्याएको भन्दै असन्तुष्टि जनाइन् । प्रधानमन्त्री आफैँ न्यायाधीशझैँ बनेको उनले बताइन् ।

“सरकारीपीडितलाई न्याय दिलाउनभन्दा पनि घरको न घाटको बनाउने र सहकारी ठगको पक्षमा उभिएको छ । प्रधानमन्त्री सफाइ दिनुहुन्छ । आरोपित गृहमन्त्री आफूविरुद्ध परेको उजुरीलाई चिर्कटो भन्नुहुन्छ । उजुरी कागजमा लेख्ने होला, ताम्रपत्र वा स्वर्णपत्रमा लेख्ने हो भने जानकारी गराउनुपर्‍यो,” उनले भनिन् ।

समिति नबनाइए सहकारीका ऋणीले न्याय पाउनेमा विश्वासको संकट उत्पन्न भएको उनले बताइन् । उनले भनिन्, “संसदीय छानबिन समितिको आवश्यकता छ यसमा, माग छ । विगतमा पनि यस्तो समिति बनेको उदाहरण छ ।”

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro