site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
२७ लाख ७५ हजारसहित हुन्डी कारोबार आरोपमा दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । हुन्डी कारोबार गरेको आरोपमा सर्लाही प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । मलंगवा बजारबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

स्रोत नखुलेको २७ लाख ७५ हजार ६७० रुपैयाँ नगदसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं एसपी दयानिधि ज्ञवालीले जानकारी दिए ।

पक्राउ पर्नेमा २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अन्सारी छन् । अन्सारी मानव तस्करी र अवैध सुन कारोबारी समेत रहेको खुलेको प्रहरी स्रोतको भनाइ छ ।

उनीहरूमाथि प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro