site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीले भनेजस्तै उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्छ ? 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार तीन दलले आसन्न उपनिर्वाचनका निम्ति उमेदवार टुंगो लगाइसकेका छन् । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)ले उमेदवार तय गरिसकेका छन् ।

आउँदो वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशतर्फ बझाङ–१ ‘क’मा उपनिर्वाचन हुँदै छ । त्यसका निम्ति यही चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ ।

उमेदवारीबारे सत्ताको नेतृृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) अन्योलमा छ । इलाम–२ का निम्ति माओवादी केन्द्र कोसी प्रदेश कमिटीले चैत १३ गते नै चारजनाको नाम सिफारिस गरेको थियो । धीरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइली ती चार नाम हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उमेदवारी दिने निर्णय भने माओवादी केन्द्रले गरिसकेको छ । चैत १४ गते बसेको माओवादी पदाधिकारी बैठकबाट आफ्नै उमेदवार उठाउने निर्णय गरिएको थियो । तर, नाम टुंगो लगाइएको छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपनिर्वाचनमा माओवादीले आफ्नो पार्टीका उमेदवारलाई समर्थन गर्ने जिकिर गरे । “मलाई विश्वास छ, अन्तिममा पुग्दासम्म माओवादीले हामीलाई समर्थन गर्छ । किनभने, कांग्रेस जिताउन मिल्दैन । हामीभन्दा माओवादी पार्टी धेरै भोट लिएर त्यो पोजिसनमा हुन्थ्यो भने हामी खुला दिलले माओवादीलाई समर्थन गर्थ्यौँ,” उनले भनेका थिए ।

Global Ime bank

माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा मनोनयनपत्र दर्ताको दिनसम्म पार्टीले उमेदवार टुंगो लगाउने बताउँछन् । “हाम्रो पार्टीले उमेदवारी दिने दिनसम्ममा उमेदवारबारे निर्णय गर्छ । अहिले नै उमेदवारी टुंग्याउन हतार छैन,” उनले बाह्रखरीसित भने, “पार्टीको छुट्टै उमेदवार उठाउँछौँ ।”

उमेदवार तय गर्नुअघि गठबन्धनमा छलफल गरेर निर्णय लिइने उनले बताए । “गठबन्धनमा छलफल गरेर आवश्यक निर्णयमा पुग्छौँ,” उनले भने ।

माओवादीका अर्का एक पदाधिकारीले ओलीले भाषणमा ‘समर्थन गर्छ’ भन्नुलाई अन्यथा ठान्न नहुने बताए । “भाषणमा त भन्ने कुरा नै भयो नि ! हामी नै भए पनि एमालेले समर्थन गर्छ भन्थ्यौँ । उमेदवारबारे पार्टी बैठकले निर्णय गर्छ,” ती पदाधिकारीले भने ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेलाई रुष्ट बनाउन चाहँदैनन् । उनीनिकट व्यक्तिहरूका अनुसार, यसैले माओवादी ‘पर्ख र हेर’को नीतिमा छ ।

माओवादीले पनि उमेदवारी दिएको अवस्थामा सत्ता गठबन्धनमा आबद्ध पाँचमध्ये चार दल एक्लाएक्लै चुनावी मैदानमा हुने देखिन्छ । सत्ता गठबन्धनले यसअघि साझा उमेदवार बनाएको उदाहरण थियो । योपटक गठबन्धन नभएर सत्तासहकार्य भएको नेताहरूले बताउँदै आएका छन् ।

एमालेले इलाम–२ मा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उमेदवार बनाएको छ । एकीकृत समाजवादीले इलाम–२ मा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंहलाई उमेदवार बनाएको छ ।

रास्वपाले भने इलाम–२ मा मात्र उमेदवार उठाउने भएको छ । रास्वपाले सार्वजनिक कार्यक्रममार्फत त्यहाँ मिलन लिम्बूलाई उमेदवारका रूपमा घोषणा गरिसकेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उमेदवारको टुंगो लगाउन आउँदो मंगलबार कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !