site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बाल सुधारगृहमा विद्यालयको व्यवस्था गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका सचेतक सुशीला थिङले बाल सुधारगृहमा तत्काल विद्यालयको व्यवस्था गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो माग गरेकी हुन् ।

“बाल सुधारगृहमा विद्यालय सञ्चालन गर्नुपर्छ कि पर्दैन ? तत्काल बालसुधार गृहमा विद्यालय सञ्चालन गरियोस्,” उनले भनिन् ।

Dabur Nepal
NIC Asia

नेपालमा आठ बाल सुधारगृह छन् । सरकारले सञ्चालन गरेका चार बाल सुधारगृहमा विद्यालय नभएको उनले जानकारी गराइन् ।

उनले कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूको टोलीले मोरङ, सुनसरी र धनकुटाको बालसुधार र कारागार अवलोकनका क्रममा देखेको दृश्य पनि सुनाइन् । मोरङको बाल सुधारगृहमा ५० जनाको क्षमता भए पनि २२२ बालक रहेका उनले बताइन् ।

बाल सुधारगृहमा रहेका बालबालिका तीनतले बेड बनाएर बसेका बताउँदै उनले भौतिक संरचना बनाउनुपर्नेमा जोड दिइन् । “सरकारले तत्काल बाल सुधारगृहको भौतिक संरचना नगर्ने हो भने सुधारगृह हुनेवाल छैन,” सांसद थिङले भनिन् ।

उनले २५ वर्षीय व्यक्तिलाई बिनाहतियार १९ वर्षको प्रहरी जवानले कसरी सुरक्षा गर्ने भन्दै प्रश्न पनि गरिन् । “हामीले यस्तो दुर्लभ दृष्य देख्यौँ । १९ वर्षको प्रहरी जवानले २५ वर्षको बाल सुधारगृहको लक्का जवानलाई बिनाहतियार सुरक्षा गरिरहेको दृश्य देख्यौँ । गृह मन्त्रालयले यसलाई कसरी हेरिरहेको छ ?,” उनले प्रश्न गरिन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro