site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोलकाताको लगातार दोस्रो जित, बेंगलुरुविरुद्ध सात विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध सात विकेटको सहज जित निकालेको छ ।

शुक्रबार एम चिन्नास्वामी रंगशालामा सम्पन्न खेलमा बेंगलुरुले प्रस्तुत गरेको १८३ रनको लक्ष्य कोलकाताले १६.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

कोलकाताको जितमा वेन्कटेस ऐयरले ५० रन बनाए । उनले ३० बलमा तीन चौका र चार छक्का प्रहार गरे । सुनिल नारिनले २२ बलमा दुई चौका र पाँच छक्कासहित ४७ रन बनाए । कप्तान श्रेयस ऐयरले ३९ र फिल साल्टले ३० रन बनाए ।

बेंगलुरुका यस दयाल, मयंक दागर र विजयकुमार भास्यकले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रनको योगफल खडा गरेको थियो ।

बेंगलुरुका विराट कोहलीले ८३ रन बनाए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । उनले ५९ बलमा चार चौका र चार छक्का प्रहार गरेका थिए । 

क्यामरुन ग्रीनले ३३, ग्लेन म्याक्सवेलले २८ र दिनेश कार्तिकले २० रन थपे । 

कोलकाताका हर्षित राना र आन्द्रे रसेलले समान दुई विकेट लिए । सुनिल नारिनले एक विकेट हात पारे ।

प्रतियोगितामा लगातार दुई जित निकालेको कोलकाता तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंक जोडेको बेंगलुरु तालिकाको छैटौँ स्थानमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro