site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाबाट इलाम–२ का उमेदवार लिम्बुलाई गर्‍यो माओवादीको पत्रकार संगठनले कारबाही

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पत्रकार संगठन प्रेस सेन्टर नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)बाट इलाम–२ का लागि उमेदवार बनेका मिलन लिम्बुलाई कारबाही गरेको छ ।

प्रेस सेन्टरका सचिवसमेत रहेका लिम्बुले 'चरम अवसरवादी प्रवृत्ति' देखाएकाले उनलाई कारबाही गरिएको प्रेस सेन्टरमा महासचिव सन्तोष पौडेलले बताएका छन् ।

Dabur Nepal
NIC Asia

पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा लिम्बुलाई संगठनको सबै जिम्मेवारीबाट हटाइएको उल्लेख छ ।

"संठनको नीति, विधि, विधान र आचरणविपरीत विगत केही समयदेखि सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक अभिव्यक्ति दिने तथा अनुशासनविपरीत गतिविधि गरिरहेको, पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बनेको देखिएको," विज्ञप्तिमा भनिएको छ ।

प्रेस सेन्टरको अनुशासन समितिको सिफारिसमा उनलाई जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro