site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी सहयोगमा बनेको धनुषा प्रसूति केन्द्रको हस्तान्तरण

जनकपुर । धनुषा प्रसूति केन्द्रको उद्घाटन भएको छ । अमेरिकी सरकारको करिब १६ करोड रुपैयाँ बराबरको सहयोगमा निर्माण भएको प्रसूति केन्द्रको उद्घाटन भएसँगै धनुषाको मातृशिशु स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको बताइएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले कोष उपलब्ध गराएको हो । प्रसूति केन्द्रको सञ्चालन जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्नेछ ।

“धनुषा प्रसूति केन्द्र नेपालमा मातृशिशु स्वास्थ्यप्रति हाम्रो प्रतिबद्धताको प्रमाण हो,” नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भने ।

अमेरिकी रक्षा मन्त्रालयले गत दुई वर्षमा सहायता उपलब्ध गराएको यो दोस्रो प्रसूति केन्द्र हो । मोरङमा अवस्थित प्रसूति केन्द्रको स्थापनामा पनि अमेरिकाले करिब १६ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro