site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्र लयमा ल्याउन सकारात्मक सन्देश दिन आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरूले अर्थतन्त्रको सकारात्मक सन्देश दिनसके तत्काल लयमा आउने बताएका छन् । शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५औँ वार्षिक साधरणसभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले उद्योगी व्यवसायीहरूले मनोबल कमजोर भयो, व्यावसायिक वातावरण भएन भन्दा पनि सकारात्मक रूपमा सोच्न आवश्यक रहेको बताए । उद्योगी व्यवसायीहरूलाई मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा रहेको सन्देश दिनसके छोटो समयमा व्यवसायीहरूले चाहेको जस्तो आर्थिक विकास हुनसक्ने विश्वास व्यक्त गरे । 

उनले अब उद्योगी व्यवसायीहरूले निराशको मात्रै कुरा गरेर, व्यावसायिक वातावरण छैन भनेर निराश हुन आवश्यक नभएको बताए । मुलुकको बाह्य अर्थतन्त्र विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स, पर्यटक वृद्धि र बैंकमा तरलता सकारात्मक रहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro