खेल
काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ बाट आरिफ सेख अर्धशतक बनाउन एक रनले चुकेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेटम मैदानमा जारी खेलमा वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट आरिफ ४९ रनमा आउट भए । अर्धशतक बनाउन एक रनले चुकेका आरिफले २७ बलमा एक चौका र पाँच छक्कासहित ४९ रन बनाए ।
जारी खेलेको १७.३ ओभर समाप्त हुँदा नेपालले पाँच विकेट गुमाएर १९४ रन बनाएको छ ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको वुल्भ्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२२ रन बनाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८० १६:२२
प्रतिक्रिया दिनुहोस्