खेल
काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ ले अर्जुन घर्र्तीलाई तेस्रो विकेटको रूपमा गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले ८.४ ओभरमा अर्जुनलाई गुमाएको हो । अर्जुनले टिमको खातामा तीन रन जोडे ।
जारी खेलको सात ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर ७२ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङमा आएको वुल्भ्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२२ रन बनाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८० १५:३३
प्रतिक्रिया दिनुहोस्